मंगलवार, ९ भाद्र, २०८३

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २१ श्रावण, २०८३

आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

२०८३ साउन २१, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।

जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा  चट्याङ्गसहित मध्यमसम्मको भइरहेको छ ।

आज दिउँसो  देशभर साधरणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग साथै मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । देशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

advertisement_1676998982.gif