राष्ट्रिय सन्देश संबाददाता, १८ घण्टा पहिले
२०८३ जेष्ठ २९, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । तराई भू–भागमा आंशिक बादल लागेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको एकदुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू–भाग साथै देशका हिमाली भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।