शुक्रबार, १९ असार, २०८३

मधेस प्रदेश र कोशी प्रदेश तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

मधेस प्रदेश र कोशी प्रदेश तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

२०८३ असार १८, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर साधारणतया बादल लागेको छ । 

हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । 

बिहीबार देशको हिमाली र पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

मधेस प्रदेश र कोशी प्रदेश तराईको एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

advertisement_1676551694.gif