आईतवार, २८ भाद्र, २०८३

रसुवा बाढी अपडेट : हालसम्म १८ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० भाद्र, २०८३

रसुवा बाढी अपडेट : हालसम्म १८ जनाको मृत्यु

२०८३ भदौ १० काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबारपौने चार बजेसम्मको विवरण अनुसार १८ जनाको मृत्यु भएको छ । बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रसुवामा एक जना पुरुषको मृत्यु भएको छ । यस्तै, नुवाकोटमा तीन जना महिला र चार जना पुरुष गरी सात जनाको शव फेला परेको छ ।

धादिङमा तीन जना महिला, दुई जना पुरुष र एक जना पहिचान नखुलेका गरी छ जनाको शव फेला परेको छ। गोरखामा दुई जना पुरुष र दुई जना पहिचान नखुलेका गरी चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

advertisement_1676551694.gif