आईतवार, २८ भाद्र, २०८३

रसुवा बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १० भाद्र, २०८३

रसुवा बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला

२०८३ भदौ १० काठमाडौँ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण नुवाकोट र धादिङमा आठ जनाको शव भेटिएको छ । बुधबार बिहान भोटेकोशी नदीमा चीनतर्फबाट आकस्मिक बाढी आएको थियो । बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अहिलेसम्म आठ जनाको शव भेटिएको जानकारी दिए । 

उनका अनुसार रसुवामा २६ जना नेपाल प्रहरीका कर्मचारी बेपत्ता छन् । सशस्त्र प्रहरीका ७ जना बेपत्ता रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

advertisement_1676553851.gif