आईतवार, २८ बैशाख, २०८२

अदालतको आदेशपछि पक्राउ परे रिगल।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ कार्तिक, २०८०

अदालतको आदेशपछि पक्राउ परे रिगल।

काठमाडौँ। सर्वोच्च अदालतले बिहीबार  रिगल बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश  दिएको केहि समय पछि प्रहरीले रिगललाई पक्राउ गरेको छ । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।

रिगलले विसं २०७२ असार २८ गते नेपालगन्जको धम्बोझीचोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

आदेश लगत्तै प्रहरीले रिगललाई पक्राउ गरेको हो।रिगललाई सरकारको सिफारिसमा गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएर ४ भदौमा छुटेका थिए । त्येसबेला  कांग्रेसका कार्यकर्ताहरुले उनको पक्षमा नारा लगाउँदै स्कर्टिङ गर्दै गाडीको लस्कर लागेर उनलाई घर लगेका थिए । एस्तो लागेको देखिन्थ्यो कुनै युद्ध जितेर आएको व्यक्तिलाई स्वागत गरे जस्तो। सरकारको उक्त निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् । 

रिगललाइ जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो। 

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif