राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ असार ०४, काठमाडौं । नेकपाका नेता कृष्ण बहादुर महराले पार्टी परित्याग गरेका छन् । उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् ।
महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने घोषणा गरेको बताए ।
पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो ।’
पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराएका छन् ।
उनले, ‘पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ।’ ४८ वर्षे राजनीतिक यात्रामा साथ दिने सबै साथीहरू, जनता र परिवारप्रति कृतज्ञता व्यक्त समेत गरेका छन् ।
