सोमबार, ८ भाद्र, २०८३

रेशम चौधरीको जन्मकैदको फैसलालाई सर्वोच्चले गर्यो सदर।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २ जेष्ठ, २०८०

रेशम चौधरीको जन्मकैदको फैसलालाई सर्वोच्चले  गर्यो सदर।

काठमाडौँ। रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको सजाय गरेको  उच्च अदालत दीपायलको फैसलालाइ  सर्वोच्च अदालतले पनि सदर गरेको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार यस्तो फैसला गरि  चौधरीलाई जेलमै राख्न भनेको हो । 
इजलासमा भनिएको  छ- अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन।  

संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। एक नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको उक्त हिंसा भड्काएको भन्दै  भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले  चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए। उनको   दल अहिले सरकारमा छ

उनकी श्रीमती रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहाकारी तथा गरिबी निवारण मन्त्री छन्। अब फैसला पछी पार्टीले के निर्णय लिन्छ त्यो हेर्न बाँकी छ। 

advertisement_1676551537.gif
अन्य समाचार