आईतवार, ३ कार्तिक, २०८२

राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदको दुबै सदनलाई सम्बोधन गर्ने।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ कार्तिक, २०८०

राष्ट्रसंघका महासचिव गुटेरेसले आज  संसदको दुबै सदनलाई सम्बोधन गर्ने।

काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले  आज संघीय संसदको दुबै सदनलाई  सम्बोधन गर्ने भएका छन् ।

महासचिव गुटेरेसलले नेपालको सङ्घीय संसदको दुबै सदनलाई आज अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको बताइएको छ  । गुटेरेसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ।  

advertisement_1680627706.gif