मंगलवार, २ असार, २०८३

धरानका मेयर हर्क साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, आयोगमा निवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ आश्विन, २०८२

धरानका मेयर हर्क साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, आयोगमा निवेदन

२०८२ असोज १२, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उनका सहयोगीहरूका अनुसार साम्पाङले नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका हुन् । 

श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि उनले यही असोज ७ गते आयोगमा निवदेन दर्ता गराएको बताइएको छ । उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको स्रोतको भनाइ छ ।

२०७९ सालको स्थानीय चुनावमा साम्पाङ लौरो चुनाव चिन्ह लिएर धरान उपमहागरको मेयर लडेका थिए ।

advertisement_1676551694.gif
अन्य समाचार