शुक्रबार, २ फाल्गुन, २०८१

सरकारले प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ जेष्ठ, २०८०

सरकारले प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने

काठमाडौं । सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । 

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल बनाउने संबोधनमा बताएका हुन  ।

यस्तै सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने निर्णय गरेको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा समेत गरेका थिए । 

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif