राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १४ जेष्ठ, २०८०
काठमाडौँ। चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ ।
आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तोचालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय वार्षिक १३ सय ९९ अमेरिकी डलर पुगेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालीको प्रति व्यक्ति कुल गार्हस्थ उत्पादन ८.१ प्रतिशतले बढेर १ लाख ८२ हजार ६ सय ७३ रुपैयाँ पुगेको अनुमान छ जुन अमेरिकी डलरमा १३ सय ९९ डलर हुन आउँछ ।गत आर्थिक वर्षमा यस्तो प्रति व्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ मात्र थियो ।
यस अवधिमा प्रति व्यक्ति कुल राष्ट्रिय आय भने १४ सय १० अमेरिकी डलर र प्रति व्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १७ सय ५२ अमेरिकी डलर पुग्ने अनुमान छ।