बिहीबार, १४ मंसिर, २०८०

सेयर बजारमा दोहोरो अंकको वृद्धि , नेप्से ५१ अंक उक्लियो।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ९ जेष्ठ, २०८०

सेयर बजारमा दोहोरो अंकको  वृद्धि  , नेप्से ५१ अंक उक्लियो।

आज नेप्से परिसूचक ५१.३१ अंक अर्थात २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ। यो वृद्धि बर्षकै उच्च विन्दु हो।आज  सेन्सेटिभ इण्डेक्स ८.८५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८४ अंक बढेको छ।नेप्से सँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन २७१ स्टकको ३८ हजार ७९६ पटकको कारोबारमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

आज ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन १४ स्टकको मूल्य घटेको छ। यद्यपि यी सबै स्टकको मूल्य गिरावटदर २ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल टेलिकमको करिब ९ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। 

आज  १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी वित्त, होटल तथा पर्यटन, जीव्न बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

advertisement_1676553851.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg