मंगलवार, २ असार, २०८३

काठमाडौँ महानगरपालिकाले सुरू गर्यो एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २९ आश्विन, २०८२

काठमाडौँ महानगरपालिकाले सुरू गर्यो एनएफसि चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली प्रारम्भ

२०८२ असोज २९, काठमाडौं । काठमाडौँ महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान प्रारम्भ भएको छ । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गरेका हुन् ।

वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिने महानगरले जनाएको छ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१÷८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । यसको लागत ४५ लाख रुपियाँ हो । ६ हजार ८५० घर संख्या रहेको वडाभित्र २०८२ कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ ।

काठमाडौँ महानगरपालिकाले विगत २ दशक देखि मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गरेको थियो । यो प्रणालीलाई रुपान्तरण गर्दै वडा नम्बर २६ ले प्रविधि सुहाउँदो डिजिटल ठेगाना प्रारम्भ गरेको हो । वडाध्यक्ष तिवारीका अनुसार पुरानो ठेगाना तथा बाटोका नामहरुलाई यथावत राखी क्युआर कोड र चिप्स सहितको ठेगाना प्लेट जडान हुनेछ । तिवारीले भने, ‘जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोड सँगै युनिभर्सल गुगल प्लस कोड हुनेछ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाए मात्र पुग्छ ।

यसमा भएको क्युआर स्क्यान गरेपछि लोकेसनमा पुग्न सकिने बताइएको छ ।

advertisement_1676553851.gif
अन्य समाचार