बिहीबार, १४ मंसिर, २०८०

यस वर्षको मिस नेपाल-२०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १३ जेष्ठ, २०८०

यस वर्षको मिस नेपाल-२०२३ काे उपाधि श्रीच्छा प्रधानलाई

काठमाडौं।मिस नेपाल वर्ल्ड-२०२३’ को उपाधि श्रीच्छा प्रधानले जित्‍न सफल भएकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेकी हुन् ।

शनिवार भएकाे फाइनलमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै प्रधानले मिस नेपालको जितेकी हुन् । २३ वर्षीया श्रीच्छाले फेस अफ द इयर र मिस डीएचआईको सहविधा समेत जितेकी छिन् ।

उनलाई पूर्व मिस नेपाल प्रियंका रानी जोशीले ताज पहिर्याएकी हुन् । यस्तै, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितेका छन्। २४ जना सुन्दरीले मिस नेपाल वर्ल्ड-२०२३ काे उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

यसवर्ष नयाँ मिस नेपाल आएपनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीले नै सहभागिता जनाउने बताइएको छ।

advertisement_1676551694.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg