बिहीबार, ७ फाल्गुन, २०८२

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ८ माघ, २०८२

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

२०८२ माघ ७, चितवन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चितवन जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो । क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसमध्ये क्षेत्र नम्बर १ मा चार जना, २ र ३ मा छ–छ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन् ।

advertisement_1676551537.gif