बिहीबार, ७ फाल्गुन, २०८२

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १८ माघ, २०८२

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८२ माघ १७, चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् ।

आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन् ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

advertisement_1676551646.gif