बिहीबार, ७ फाल्गुन, २०८२

काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २२ माघ, २०८२

काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो

२०८२ माघ २१, काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।

उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । तर, केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि विमान कोलकातामा अवतरणको अनुमति लिएर त्यतै गएको छ ।

विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ ।

advertisement_1676551694.gif