राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १ पुष, २०८२
२०८२ पुष ०१, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा केशवलाल माझी र सन्तलाल माझीको ज्यान गएको हो ।
खाना खाएर अधेरीस्थित फास्टट्र्याकतर्फ गइरहेका बेला ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
२१ जना सवार ट्याक्टरमा दुई जनाले ज्यान गुमाउँदा १९ जना घाइते भएका छन् । घाइते ६ जनाको हेटौंडा अस्पताल र १३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर प्रहरीले रहेको जनाएको छ ।