बिहीबार, ७ फाल्गुन, २०८२

सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ मंसिर, २०८२

सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

२०८२ मंसिर १८, चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु भएको छ । रत्नननगर नगरपालिका वडा नम्बर ६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

चितवनमा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो ।

बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारक्रममा बकुलहर अस्पतालमा ज्यान गएको डिएसपी खनालले जानकारी दिए ।

advertisement_1676551694.gif