बिहीबार, ७ फाल्गुन, २०८२

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ४ फाल्गुन, २०८२

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

२०८२ फागुन ०४, सिन्धुली । आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ नेपाली सेनाले सिन्धुलीका विभिन्न क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरेको छ । भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल गस्तीलाई प्राथमिकता दिइएको हो ।

यस प्रकारको मोबाइल पेट्रोलिङबाट सुरक्षाकर्मीहरू गाउँ–बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडकखण्डमा नियमित उपस्थित भएर सुरक्षा निगरानी सुदृढ बनाइरहेका छन् ।

सुरक्षा निकायबीच समन्वय कायम गर्दै सञ्चालन गरिएको यस गस्तीले सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गरेको अधिकारीहरूले बताएका छन् । स्थानीय बासिन्दाले सुरक्षाकर्मीको सक्रिय उपस्थितिबाट निर्वाचन प्रक्रियाप्रति विश्वास र आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन् ।

नेपाली सेनाका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण, आकस्मिक अवस्थाको प्रतिकार्य तथा रणनीतिक क्षेत्रमा निरन्तर निगरानी राख्ने उद्देश्यले यस्तो गस्तीलाई तीव्रता दिइएको हो ।

advertisement_1680627706.gif