बिहीबार, ७ फाल्गुन, २०८२

तामाकोशी नदीमा दुर्घटनामा परेको बसमा हराइरहेकाहरूको खोजी तीव्र

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३ फाल्गुन, २०८२

तामाकोशी नदीमा दुर्घटनामा परेको बसमा हराइरहेकाहरूको खोजी तीव्र

२०८२ फागुन ०३, रामेछाप । मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको तीव्र रूपमा खोजी भइरहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताकोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी तीव्र बनाइएको हो ।

मङ्गलबार काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१– ०५ख ९९७५ नं को अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६, स्थित त्रिवेणी पुल नजिकको सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने आठ जना घाइते र तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा रामेछाप जिल्ला मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका वर्ष २४ का विशाल सुनुवार रहेका छन् । बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भोला भट्टले जानकारी दिए ।

advertisement_1676998982.gif