बिहीबार, ७ फाल्गुन, २०८२

टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० पुष, २०८२

टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

२०८२ पुष २०, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नंको सुमो गाडी दुर्घटना हँुदा घाइते भएका नौ जनामध्ये ६ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।

प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

advertisement_1676553908.gif