राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ असार, २०८२
९ असार २०८२, काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोका दुई लाख धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेकी छिन् । धरौटी बुझाएर रिहा भए लगत्तै उनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गर्नुपर्ने भएकाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
यसअघि गत शुक्रबार टोखाबाट पक्राउ परेकी रोकालाई थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले धरौटीमा छाड्न आदेश गरेको थियो ।रोकालाई पकाउ गर्न सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरेर प्रहरीले विभाग पठाएको बताइएाको छ।
६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी उनलाई शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।