मंगलवार, १७ असार, २०८२

बाढी र पहिरोमा परेर एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ आश्विन, २०८१

बाढी र पहिरोमा परेर एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं, असोज १४ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ। यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif