मंगलवार, १७ असार, २०८२

बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १३ आश्विन, २०८१

बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४८ पुग्यो

काठमाडौं, असोज १३ । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।

नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्।

३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन् । काभ्रे जिल्ला भरिमा ३१ जनाको ज्यान गएको छ । ललितपुरमा २३ जनाको मृत्यु भएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif