मंगलवार, १७ असार, २०८२

भारतमा थप २२ नेपालीको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ९ असार, २०८२

भारतमा थप २२ नेपालीको उद्धार

८ असार २०८२, काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा सयौं नेपालीहरु बन्धक बनाइएको पाइएको छ । उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको छ ।

गत बिहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो। आइतबार राती साँझ थप २२ नेपालीको उद्धार गरिएको जोशीले जानकारी दिए ।

जोशीका अनुसार आइतबार राती उद्धार गरिएका २२ जना मध्ये ९ जना नावालिग छन् । अन्य १८ वर्षमाथिका नेपाली छन। उनीहरुलाई जंगल क्षेत्रबाट भगाउँदै गर्दा उद्धार गरिएको जोशीले जानकारी दिए।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif