मंगलवार, १७ असार, २०८२

डडेल्धुरामा बस दुर्घटना, ४ जनाकाे मृत्यु, १२ जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० आश्विन, २०८१

डडेल्धुरामा बस दुर्घटना, ४ जनाकाे मृत्यु, १२ जना घाइते

डडेल्धुरा, असोज ३० । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख १०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका-३ की ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुई दिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा पुर्चौंडी नगरपालिका-७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका-१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका-५ बस्ने ३४ वर्षीया विमला महता रहेका छन् ।

यसैगरी, कृष्णपुर नगरपालिका-५ की ६५ वर्षीया धनमती साउँद, पुर्चौंडी-८ का ४२ वर्षीय पदम बहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं. ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको डडेल्धुराका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले बताउनुभयो ।

कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडी आउदै गरेको बस डडेलधुराको अमरगढी नगरपालिका-७ खसरेखानमा गएराति दुर्घटना भएको हो।

पवनदुत यातायात प्रा.लि.को ना ८ ख १०७८ नम्बरको बस सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो। दुर्घटनामा परी १२ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ । घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको डडेलधुरा प्रहरीले जनाएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif