मंगलवार, १७ असार, २०८२

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ असार, २०८२

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम गरी मनाइँदै

१४ असार २०८२, काठमाडौं । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ७४औं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

फाउण्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा ‘जबजका ३ दशक’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरणको आयोजना गरेको छ । फाउण्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विशिष्ट आतिथ्यतामा हुने कार्यक्रम दिउँसो १ः३० बजेबाट सुरु हुने बताइएको छ ।

भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।

तीन वर्ष अघि तत्कालीन नेकपा माओवादी केन्द्रसंगको पार्टी एकतापछि पनि नेताहरुले भण्डारीले नै प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)लाई नै पार्टीमो मार्गदर्शक सिद्धान्तको रुपमा लागू गर्ने पक्षमा उभिएका छन् ।

पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । जबज सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

उनको दुर्घटनामा परी निधन भएको भन्दा पनि धेरैले हत्या भएको बताउँदै आइरहेका छन् । उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणी भए पनि हालसम्म ठोस निष्कर्ष भने निस्कन सकेको छैन ।

भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

जबजको जग र सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र) को एकता भई हालको नेकपा गठन भएको थियो ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif