मंगलवार, १७ असार, २०८२

नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २१ आश्विन, २०८१

नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उद्धार उडान गर्ने

काठमाडौं, असोज २१ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले असोज २४ गते फूलपातिका दिन काठमाडौँ-भैरहवा गन्तव्यमा उडान गर्ने भएको छ । दसैंमा यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने उद्देश्यले निगमले काठमाडौं-भैरहवा-काठमाडौं उद्धार उडान गर्ने निर्णय गरेको हो। निगमको न्यारोबडी ए ३२० विमानबाट उद्धार उडान गर्ने निर्णय भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।

राष्ट्रलाई समस्या परेकाबेला राष्ट्रिय दायित्व र जिम्मेवारीलाई बहन गर्दै निगमले सरकारको निर्देशनमा उद्धार उडान गर्न लागेको उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको निर्देशन अनुरुप भैरहवामा उद्धार उडान गर्न लागिएको निगमले उल्लेख गरेको छ।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्ग बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आगमनमा कठिनाई भएको सन्दर्भमा यात्रुको सहजताका निम्ति निगमले उद्धार उडानको निर्णय लिएको हो ।

निगमको उडान तालिका अनुसार २४ गते उडान नम्बर आए.ए. १७ ३३ विमान काठमाडौंबाट बिहान ११ बजे भैरहवाका लागि उडान भर्नेछ। भैरहवाबाट काठमाडौं उडान नम्बर आर.ए १७४३ १२ः ३० बजे भर्नेछ। यो गन्तव्यमा काठमाडौं-भैरहवा सात हजार र भैरहवा-काठमाडौं तीन हजार आठ सय ९० निर्धारण गरिएको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif