मंगलवार, १७ असार, २०८२

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ५ फाल्गुन, २०८१

ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छः परराष्ट्रमन्त्री डा राणा

५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको बताएकी छन् । सो विश्वविद्यालयको छात्राबासमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफूले आज बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको उनले बताएकी हुन् ।

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा. राणाले यससम्बन्धी समाचार आएपछि विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै कूटनीतिक पहल सुरु गरेको उनको सचिवालयले जानकारी दिएको हो ।

मन्त्री डा राणाले सम्बद्ध पक्षसँग सम्पर्कमा रहनुका साथै आफूले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीको समस्याबारे आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएकोसमेत जानकारी दिइएको छ । सोहीबमोजिम राजदूत डा शर्माले काम गरिरहेको र केहीबेरअघि नेपाली दूतावास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले बताइन् ।

विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार उनलाई भारतीय विद्यार्थीले अश्लील भिडियोमार्फत पटक–पटक ब्ल्याकमेल गरिरहेको बताइएको छ ।

केआईआईटीले सोमबार एक विज्ञप्तिअनुसार कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ। एक जना नेपाली विद्यार्थीको हत्या भए पछि नेपाली विद्यार्थी माथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ ।

सो घटनाका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गरेका थिए।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif