राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २५ कार्तिक, २०८१
काठमाडौं, कार्तिक २५ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइएको छ ।
यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि अदालत आज (आइतबार) १० बजेपछि अदालतमा उपस्थित गराइएको हो ।
गत २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो ।
लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित मुद्दा चलाइएको छ ।