मंगलवार, १७ असार, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्यो; पेट्रोल एक डिजेल दुई रुपैयाँ घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ आश्विन, २०८१

पेट्रोलियम पदार्थको मूल्य घट्यो; पेट्रोल एक डिजेल दुई रुपैयाँ घट्यो

काठमाडौं, असाेेज १४ । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।

आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ।

इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ। साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif