मंगलवार, १७ असार, २०८२

रास्वपाका सांसदविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ११ मंसिर, २०८१

रास्वपाका सांसदविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश

काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसदविरुद्ध दायर भएको अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्ने आदेश भएको छ ।

न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले निवेदनका साथ उल्लेखित विवरणहरुसँग सम्बन्धित कागजात र प्रमाणहरु पेश गर्न आदेश दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ भएपछि रास्वपाका केन्द्रिय पदाधिकारी एवं सांसदहरुले पोखरामा प्रदर्शन गर्दै आएका थिए ।

प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दवाव स्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif