राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ८ कार्तिक, २०८१
पोखरा, कार्तिक ८ । पूर्वउप्रधान तथा गृहमन्त्रीसमेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानलाई थप ७ दिन हिरासतमा राख्न अनुमति भएको छ ।
कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो । स्रोतका अनुसार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत शुक्रबार काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक आइतबार अदालतमा उपस्थित गराइएको थियो । गत आइतबार उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो ।
उनीमाथि सहकारीको बचत हिनामिना र संगठित अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।