मंगलवार, १७ असार, २०८२

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ४ कार्तिक, २०८१

रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

पोखरा, कार्तिक ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासमा सभापति लामिछानेको बहस सकिएसँगै प्रहरीलाई अनुसन्धान गर्न ६ दिन म्याद थप गरेको हो । गत शुक्रवार काठमाडौंवाट पक्राउ परेका लामिछानेलाई आइतबार बयानका लागि अदालतमा लगिएको हो।

प्रहरीले रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतसँग म्याद थप मागेको थियो ।

उनलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । त्यसपछि  न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिएको थियो ।

गत शुक्रवार काठमाडौंबाट पक्राउ परेका परेका उनीलाई शनिबार ३ बजे कास्की प्रहरी कार्यालय पुर्‍याइएको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif