राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २५ कार्तिक, २०८१
काठमाडौं, कार्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका मुख्य न्यायाधीश निरौला र पाण्डेयलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गरेको शीतल निवासले जानकारी दिएको छ ।
कात्तिक २३ गते संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।