मंगलवार, १७ असार, २०८२

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २३ कार्तिक, २०८१

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौलाको नाम अनुमोदित

काठमाडौं, कार्तिक २३ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए। प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो ।

यसअघि पाण्डे उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश थिए । त्यस्तै, निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif