मंगलवार, १७ असार, २०८२

सर्वोच्चले माग्यो पत्रकार महासंघ निर्वाचन हुन नसकेकोबारे लिखित जवाफ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ७ आश्विन, २०८१

सर्वोच्चले माग्यो  पत्रकार महासंघ निर्वाचन हुन नसकेकोबारे लिखित जवाफ

काठमाडौं, असोज ७ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो।

वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–९ सिनामंगल , नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका–९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका–९ सिनामंगल, नेपाल पत्रकार महासंघ वागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.४, नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं.११ लाई रिटमा प्रतिवादी बनाइएको छ।

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ। यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो।

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिएपनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ। महासंघको निर्वाचन समयमा गर्न नसकेपछि  महासंघका अध्यक्ष विपुल पोखरेल र कार्यवहाक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन्।

Download the PDF
advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif