मंगलवार, १७ असार, २०८२

दार्चुलामा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३० कार्तिक, २०८१

दार्चुलामा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

दार्चुला, कार्तिक ३० । दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको बताए ।

जिप दुर्घटनामा मृत्यु हुनेमा शैल्यशिखर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, शैल्यशिखर नगरपालिका–९ नकतडकी ४० वर्षीय मिना लेखक,  बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा, वीरेन्द्र बोहरा, तथा भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र १८ वर्षीय मोहमद बसिम को मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १३ जना सवार रहेको जिपमा मालिकार्जुन गाउँपालिका-३ स्थित मालिकार्जुन मन्दिरमा लागेको रात्रिजात्रा हेरेर फर्किरहेका यात्रु चढेको जिप सडकबाट डेढ सय मिटर तल खसेको थियो।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif