राष्ट्रिय सन्देश संबाददाता, आईतवार, १९ जेष्ठ, २०८२
१८ जेठ २०८२, काठमाडौं । सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । आज यातायात सम्बन्धि ७ बुँदे माग पुरा गराउनको लागि सरकार समक्ष दबाब सिर्जना गर्नका लागि विरोध प्रदर्शन गरेको हो ।
समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि यातायात व्यवसायीहरु सडकमा आएको बताए ।
विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरुले सांसद, मन्त्री बनाइ दिन माग नगरेको भन्दै बैंकको आतंकलाई बन्द गर्न र व्यवसायीहरुलाई गरिखान दिन आवाज उठाइरहेको बताए । साथै उनले पटक पटक सरकारसँग गरेका मागहरु र सर्वाेच्चको गरेको निणर्य कार्यन्वयन गर्नुपर्ने बताए ।
हिजो आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् । उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् ।