मंगलवार, १७ असार, २०८२

आउँदो मंसिरमा हुने उपनिर्वाचनको ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३ मंसिर, २०८१

आउँदो मंसिरमा हुने उपनिर्वाचनको ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता

काठमाडौं, कार्तिक ३ । आउँदो मंसिर १६ गते  हुने स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार आइतबार विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निर्धारित समयमा ४४ स्थानका लागि ४१० उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

जस अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जानाएको छ।

साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ । उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा ३र३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले सोमबार विहान १० बजेदेखि अपरान्ह ३ः बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यसैगरी बुधबार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif