शुक्रबार, २ फाल्गुन, २०८१

अभिनेता अनमोल केसी पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ आश्विन, २०८०

अभिनेता अनमोल केसी पक्राउ

काठमाडौं । नेपाली चलचित्र अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनी ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । केसीलाई भक्तपुरको साँगाबाट पक्राउ गरिएको काठमाडौं अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एआईजी दिपक थापाले केसी पक्राउ परेको पुष्टि गर्दै आपराधिक विश्वास घातको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।
अनमोलले फिल्म ‘रावायण’मा काम गर्ने पक्का गरेर अन्तिम अवस्थामा काम नगर्ने बताएका थिए । जसकाकारण, फिल्मका निर्देशक सुदर्शन थापा र उनको निर्माण कम्पनीले ‘अपराधिक विश्वासघात’को मुद्दा दायर गरेको थियो ।

निर्देशक थापा र उनको ब्यानरले अनमोलका कारण ठूलो आर्थिक तथा अन्य क्षती भएको भन्दै चार दिन अघि अपराध अनुसन्धान विभाग, नयाँ बाँनेश्वरमा जाहेरी दर्खास्त दिएको थियो । निर्मात्री सुप्रिया कटुवालले जाहेरी दर्खास्त दिएकी हुन् ।

यसपछि, प्रहरीले अनमोललाई बारम्बार सम्पर्क गर्दै कार्यलयमा उपस्थित हुनका लागि बोलाएको थियो । तर, अनमोलले आफै मिलाउने तर प्रहरी कार्यलयमा आउन आवश्यक नभएको जवाफ दिएका थिए । प्रहरी कार्यलयबाट पनि यो विवाद समाधान हुन नसक्ने अवस्था भएपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif