मंगलवार, १७ असार, २०८२

बाल गायक सचिन परिवारको दु:खद निधन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ पुष, २०८१

बाल गायक सचिन परिवारको दु:खद निधन

१८ पुष, काठमाडौं । भाइरल बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान करिब १० बजे उनको निधन भएको हो । उनको निधनको पुष्टि उनका बुवा तेजेन्द्र परियारले गरेका छन् ।

सचिनलाई केही समयदेखि स्वास्थ्य समस्या रहेको र उपचारका लागि ठूलो आर्थिक सहयोग आवश्यक परेको भन्दै परिवारले केही महिनाअघि सहयोगको अपिल गरेको थियो ।

बाल प्रतिभाका रूपमा चर्चित परियारले आफ्नो सुमधुर आवाजले लाखौंको मन जितेका थिए । उनले गाएका ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ जस्ता गीतहरू सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय भएका थिए ।

सचिनले महानायक राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने चर्चित हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि आफ्नो अभिनय क्षमताको प्रदर्शन गरेका थिए ।

सचिनका प्रशंसक र शुभचिन्तकले सामाजिक सञ्जालमार्फत उनको आत्माको चीर शान्तिको कामना गरिरहेका छन् ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif