राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १३ भाद्र, २०८१
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कलाकार तथा संचारकर्मी दिनेश डिसीलाइ नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो ।
बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएको तर उनी ३ जनाको सर्टलिस्टमा पर्न नसकेको बताइएको छ ।