मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

गायक रवि ओड प्रहरी नियन्त्रणमा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ३० बैशाख, २०८१

गायक रवि ओड प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा उनले आत्मसर्मपण गरेका हुन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

प्रहरीकाअनुसार उनलाई जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ। ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्।

सांगीतिक कार्यक्रमको सिलसिलामा देश बाहिर रहेका ओडले नेपाल आएपछि प्रहरी समक्ष आत्मसर्मपण गरेका हुन्। उनको नाममा चैत २० गते श्रीमतीले उजुरी दिएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

advertisement_1676551646.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg