मंगलवार, ३१ असार, २०८२

‘मेरी बास्सै’ बाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २१ असार, २०८२

‘मेरी बास्सै’ बाट चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन

२१ असार २०८२, काठमाडौं । चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग केही सिरियलमा सहकार्य गरेकी कलाकार सुशीला निरौला (विमली)ले बताइन्। 

'मेरी बास्सै' सिरियलमा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्नेमध्ये एउटा पात्र खड्काजीको श्रीमती (अप्सरा आमा) को छुच्चो खालको भूमिकामा अभिनय गरेकी थिइन् । यो सिरियलमा खड्काजी र अप्सराको जोडीलाई दर्शकले निकै रूचाएका थिए । 

स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन् । दसैंदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो। पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौंको कपन बालुवाखानीस्थित घरमै थिइन् ।

लक्ष्मीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif