आईतवार, १ मंसिर, २०८२

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २५ कार्तिक, २०८२

अख्तियारद्वारा आठ जनाविरुद्ध मुद्दा दायर

२०८२ कार्तिक २४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइयस अपरेटर हरिचन्द्र विष्टविरुद्ध आरोपपत्र दायर गरेको हो । 

आर्थिक वर्ष २०७८/’७९ मा नगरपालिकाको वडा न-५ स्थित खदाङदेखि ल्हासम्मको मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमिता गरेको आरोपमा आरोपपत्र दायर गरिएको आयोगका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेले बताए । 

उक्त आयोजनाको खरिद प्रक्रिया मूल्याङ्कनमा सङ्लग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा आयोजनाका इन्जिनियर शिशिरकुमार गुरुङ, दिव्यानिर्माण सेवा प्रालि दुनै डोल्पा र निर्माण कम्पनीका भीमराज न्यौपानेलाईसमेत प्रतिवादी बनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सबै आरोपितविरुद्ध जनही ५५ लाख ८९ हजार ६३ रुपियाँ छ पैसा बिगो कायम गरिएको छ । 

advertisement_1676551694.gif