राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १३ चैत्र, २०८२
२०८२ चैैैत्र १३, काठमाडौं । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहको निजी सुरक्षा गार्ड (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन् ।
उनलाई शुक्रबार बालेनको पीएसओमा नियुक्त गरिएको हो ।
प्रहरी प्रधान कार्यालयले बालेनको पर्सनल सेक्युरेटी अफिसर (पीएसओ)को रुपमा प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेश बस्याललाई खटाउने निर्णय गरेको हो ।
डीएसपी बस्याल तिनै अधिकृत हुन् जो नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका थिए ।