मंगलवार, १७ असार, २०८२

‘हनी ट्रयाप’मा पारेको आरोपित दुई महिला पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ९ जेष्ठ, २०८२

‘हनी ट्रयाप’मा पारेको आरोपित दुई महिला पक्राउ

८ जेठ २०८२, काठमाडौं । सरकारी कर्मचारीलाई 'हनी ट्र्याप'मा पारेर ठगी गर्न खोज्ने दुई जना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौं बस्ने ३४ वर्षीय ममता तामाङ र भक्तपुर घर भई काठमाडौं बस्ने ३४ वर्षीय आँचल श्रेष्ठ रहेका छन् ।

उनीहरूले आपराधिक लाभ लिने उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान तथा सम्बन्ध बढाई ठमेलस्थित एक होटलमा बोलाएर ‘हनी ट्रयाप’मा पारेको प्रहरीले जनाएको छ । 

त्यही फोटो र भिडियोमार्फत ती महिलाहरूले सरकारी कर्मचारीसँग जग्गा र घरको बार्गेनिङ गरेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ। उनीहरूले घर वा जग्गा नदिए । बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै आएका थिए। उनीहरूले दुई जनाको पुरुषको माध्यमबाट पैसाको पनि बार्गेनिङ गरेको प्रहरीको भनाइ छ ।

पीडितलाई तत्काल पाँच लाख रूपैयाँको चेक काट्न बाध्य पारी लिई गएको भन्ने सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले ममता र आँचललाई बुधबार साँझ साढे ५ बजेतिर काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।

advertisement_1676998982.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif